नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन् । भारतीय आई लिग छनोटका लागि दीपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडमीमा अनुबन्धित भएकी थिइन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले बिदाइ गर्यो । सोही प्रतियोगिताका लागि शनिबार नै राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी भारत पुगिसकेकी छिन् ।
उनले भारतको गोकुलम केरलाबाट खेल्नेछिन् । उक्त प्रतियोगितामा सावित्राको टिम गोकुलम, दीपाको टिम डनबोस्को केरला ब्लास्टर र केरला युनाइटेडले छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सावित्राले यसअघि सन् २०१९ मा सेथु र २०२१/२२ मा गोकुलमबाट ‘इण्डियन वुमन्स लिग’ खेलेर उपाधि जिताइसकेकी छन् । दीपाले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेकी हुन् ।
आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरला र केरला युनाइटेड तथा बिहीबार डन बोस्कोले लड्स पीआरविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।