विज्नाल्डम भन्छन्- सलाहको सुझावले नै रोमा जाने निर्णय लिएको हुँ

डच मिडफिल्डर जर्जिनियो विज्नाल्डमले इंग्लिस क्लब लिभरपुलका पूर्वसहकर्मी मोहम्मद सलाहको सुझावमा इटालियन सिरी ‘ए’ को क्लब एएस रोमा जाने निर्णय लिएको प्रतिक्रिया दिएका छन् । 

गत सिजन लिभरपुलबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका विज्नाल्डम नयाँ सिजनका गत सात लागि लोनमा रोमा पुगेका हुन् ।  ​

विज्नाल्डमले पाँच वर्षको एनफिल्ड बसाईमा एक च्याम्पियन्स लिग र एक  इंग्लिस प्रिमियर लिगको उपाधि जितेका थिए । उनका लागि २०२१/२२ सिजन भने सुखद रहेन । विज्नाल्डमले पिएसजीबाट गत सिजन ३१ लिग वान खेलमा मात्र एक गोल गर्न सकेका थिए । 

‘मलाई रोमाले अनुबन्ध गर्ने इच्छा देखाएपछि मैले पूर्वसहकर्मी मोहम्मद सलाहसँग सुझाव लिएको थिएँ’, उनले भने, ‘सलाहले सकारात्मक प्रतिक्रिया दिए । त्यस्तै, केभिन स्ट्रोटम्यानले पनि रोमा जान सल्लाह दिएका थिए ।’

रोमाले नयाँ सिजनका लागि यसअघि नै निमान्जा माटिच र पाउलो डिबालालाई अनुबन्ध गरिसकेको छ । सलाह सन् २०१७ मा रोमाबाटै एनफिल्ड भित्रिएका थिए ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १३:१२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया