बाढी-पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग सांसदहरूको माग
फाइल तस्वीर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभाका सांसदले बाढी-पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै एमालेका सांसदद्वय शारदादेवी भट्ट र विमला घिमिरेले बाढी-पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका हुन् ।

बैठकमा बोल्दै सांसद भट्टले कैलाली र कञ्चनपुरका जनता बाढी-पहिरोबाट बढी प्रभावित भए पनि उनीलाई राहत दिन सरकारले उचित कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन पनि सरकालाई सचेत गराइन् ।

सांसद भट्टले भनिन्, ‘वर्षाले प्रभावित जनताको धनजनको क्षतिको न्यूनीकरण, रोकथाम र बाढीपीडितको उचित व्यवस्थापन र क्षतिपूर्तिमा सरकारको यथाशीघ्र ध्यान दिन सम्माननीय अध्यक्षज्यूमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमालेका अर्की सांसद विमला घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाइन् । उनले किसानलाई खेतीवालीको बेला पनि मल नदिएको, गत वर्ष वर्षात्का कारण क्षति भएको किसानको अन्नवालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचनासमेत दिइन् ।

सांसद घिमिरेले भनिन्, ‘अहिले भर्खरै नेपाल सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने कुरामा हप्ता पनि बाँकी नराखी मूल्यवृद्धि गर्‍यो । तर अहिले भारतमा मूल्य खट्दाखेरी फेरी त्यसको समायोजन गर्ने कुरामा कुनै चासो दिएको छैन ।’



सांसद घिमिरेले सरकारले जनतालाई राहत दिनै नचाहेको आरोपसमेत लगाइन् ।



  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १४:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया