नेपाली कांग्रेस दोलखाका एक नेता तीन दिनदेखि बेपत्ता भएका छन्। दोलखा प्रदेश ख का सभापति चित्रप्रसाद दाहाल बेपत्ता भएपछि उनको परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएको छ ।
परिवारले साउन २२ गते बिहानदेखि उनी बेपत्ता भएको भन्दै भक्तपुरको ठिमी वृत्तमा निवेदन दिएको हो । बालकोटबाट दोलखाको चरिकोट जानका लागि भन्दै गाडी चढे पनि त्यसपछि उनी सम्पर्कमा नरहेको परिवारको भनाइ छ।
बलकोटबाट बा२०ख ९८२२ नम्बरको सार्वजनिक बसमा चरिकोटका लागि चढेका उनी चरिकोट नगई कलंकी पुगेको जानकारी पाएको भक्तपुर प्रहरीले जनाएको छ ।
ठिमी वृत्त र भक्तपुर परिसरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाहालको फेसबुक सोमबार केही समय एक्टिभ देखिएको, तर मोबाइल भने बन्द नै रहेको खुलेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।