सुटिङका क्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते

फिल्म सुटिङका क्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन्। शिल्पाले हालै सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन्।

तस्बिरमा उनी अस्पतालमा ह्विलचेयरमा बसेको देख्न सकिन्छ। खुट्टा भाँचिएर ह्विलचेयरमा भए पनि उनले मुस्कुराउँदै तस्बिरका लागि पोज दिएकी छन्।

रोहित शेट्टीको निर्देशनमा बनिरहेको वेबसिरिज ‘इन्डियन पुलिस फोर्स’को सुटिङका क्रममा शिल्पाको खुट्टा भाँचिएको हो। तस्बिरमा उनलाई प्रशंसकहरूले चाँडै निको हुनु भनेर शुभकामना दिएका छन्।

फोटो राख्दै उनले लेखेकी छन्, ‘रोल, क्यामरा र एक्सन भयो र मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिनँ। तर, जब फेरि फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु। तबसम्मका लागि मलाई प्रार्थनामा सम्झिनुहोला।’





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार २१:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया