रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो ।

याेसँगै रियलले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ । तीन टोलीले समान ५/५ पटक सुपर कप उपाधि जितेका छन् । 

नयाँ सिजन सुरु हुनुभन्दा अगाडि यूईएफए सुपर कपका लागि च्याम्पियन्स लिग तथा युराेप लिग विजेता प्रतिस्पर्धा गर्ने गर्छन् । रियल च्याम्पियन्स लिग र फ्रान्कफुर्ट युराेपा लिग विजेता हुन् ।

रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले हाफमा एक/एक गोल गरे  । ​बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले गत सिजनमा ४६ खेलमा ४४ गोल गरेका छन् ।  

 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ६:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया