डा. केसीको समर्थन र ‘सरकारी अनशनकारी’विरुद्ध विवेकशीलको प्रदर्शन

काठमाडौं– डा. गोविन्द केसीको सत्याग्रहलाई समर्थन गर्दै विवेकशील नेपाली पार्टीले काठमाडौंको नयाँ वानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन गरेको छ ।  शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले विवेकशील नेपालीका अध्यक्ष उज्वल थापासहित १८ जनालाई पक्राउ गरेको छ । 

विवेकशील नेपालीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारी अनशनकारी खडा गर्ने र मेडिकल माफियाको पक्षमा चिकित्सा शिक्षा तोडमोड गर्न लागिएको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको बताएको छ ।

केसीको सत्याग्रहलाई बदनाम गर्न सरकारले आपराधिक पृष्ठभूमिको (सरकारी अनशनकारी) खडा गर्ने र मेडिकल माफियाको पक्षमा प्रस्तावित चिकित्सा विधयेकलाई तोडमरोड गर्ने तत्वको मुकुण्डो उतार्नु जरुरी रहेको जारी विज्ञप्तिमा भनिएको छ ।

डा. केसी अनशन बसेको केही दिनमा नै चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने माग गर्दै विजय थापा अनशनमा छन् । उनी पनि त्रिवि शिक्षण अस्पतालमै अनशनमा छन् । 

विवेकशील नेपालीले केही सांसदहरुले यो प्रकरणमा नकारात्मक भूमिका निर्वाह गरेको भन्दै ती सांसद, मेडिकल माफिया र आपराधिक पृष्ठभूमिका सरकारी अनशनकारीबीचको सम्बन्ध छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रहसमेत गरेको छ ।






  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार १४:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया