इरानले बोल्टनको हत्या गर्ने षडयन्त्र रच्यो: अमेरिका

अमेरिकी न्याय मन्त्रालयले ह्वाइट हाउसका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हत्या योजना गर्ने इरानी षड्यन्त्रको पर्दाफास गरेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्पस्का एक सदस्यविरुद्ध आरोप लगाएको छ ।

न्याय मन्त्रालयले मेहदी रेजायीसमेत भनिने ४५ वर्षीय  शाहराम पोरसाफीले संयुक्त राष्ट्रका लागि पूर्वअमेरिकी राजदूतसमेत रहेका बोल्टनको हत्या गर्न संयुक्त राज्य अमेरिकामा एक व्यक्तिलाई ३ लाख डलर तिर्न प्रस्ताव गरेको दाबी गरेको छ । 

सन् २०२० को जनवरीमा इराकमा शीर्ष गार्ड कमण्डर कासिम सुलेमानीको अमेरिकी हत्याको बदला उक्त षडयन्त्र रचिएको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ८:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया