चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति सवा ८ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

नारायणगढ–मुग्लिन सडकखण्डमा भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् । शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ ।  





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ८:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया