जनैपूर्णिमा र गाईजात्रा ९ वर्ष पछि एकै दिन
फाइल तस्बिर

भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकै दिन रहेको जनाएको छ ।

मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात् शुक्रवार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो ।

पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकै दिन गर्न गराउन समेत आग्रह गरेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनै पूर्णिमा मनाउन तथा रक्षा बन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाई छ ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकै दिन जनै पूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ वर्ष पछि जनै पूर्णिमा र गाईजात्रा एकै दिन परेको हो ।  





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार ९:५७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया