तीन महिनामा अलिबाबाका झन्डै १० हजार कर्मचारी कटौती

चिनियाँ इ–कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले तीन महिनामा करिब १०, हजार कर्मचारीलाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अलिबाबाको जुन महिनामा खुद आम्दानीमा ५० प्रतिशतले गिरावट आएको रिपोर्ट सार्वजनिक भइरहेका बेला उसले कर्मचारी कटौती गरेको हो । सुस्त बिक्री र देशमा मन्द अर्थतन्त्रबीच खर्च कटौती गर्ने प्रयास भएको हो ।


कम्पनीले  जुन त्रैमासिकमा ९,२४१ भन्दा बढी कर्मचारी कटौती गरेको थियो । कम्पनीले अहिलेसम्म हजारौँ कर्मचारी कटौती गरिसकेको छ । 
कम्पनीले जुन त्रैमासिकमा आफ्नो खुद आम्दानीमा ५० प्रतिशतले कमी आई २२.७४ बिलियन युआन (अमेरिकी डलर ३.४ बिलियन) पुगेको रिपोर्ट गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा ४५.१४ बिलियन युआन थियो । 

अलिबाबाको स्थापना सन् १९९९ मा भएको थियो। माले सन् २०१५ मा ड्यानियल झाङलाई सिइओ र सन् २०१९ मा अध्यक्षको रूपमा नियुक्त गरेपछि कम्पनीमा ठूलो फेरबदल भएको थियो ।  





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १०:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया