आठराई गाउँपालिकामा युवा लक्षित कार्यक्रम

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले युवा लक्षित कार्यक्रमलाई अघि सारेको छ । रोजगारको खोजीमा भौतारि रहेका युवा तथा लगानी अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका युवालाई व्यावसायिक बनाउन युवा लक्षित कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७९-८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवालाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकामा रहेको युवालाई लगानी नै गर्ने गरी कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।

 गाउँपालिकामा रहेको युवाहरूलाई बिना धितो बिना ब्याज व्यावसायिक लगानी गने नीति ल्याएको छ ।  ‍‍ अध्यक्ष पाहिमका अनुसार गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, ४ चार वर्षमा ३० प्रतिशत र पाँचौँ वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ ।

'व्यावसायिक रूपमा फर्म दर्ता गरी १० जनाको समूह बनाएर गाउँपालिकामा माग गरेको खण्डमा प्रत्येक वडामा हरेक वर्ष एउटा समूहलाई १० लाख रुपैयाँ लगानी गर्छौँ,' उनले भने । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १०:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया