१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीको ब्यानर च्यातियो

हेटौंडामा रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका ब्यानर च्यातिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौंडाको मुख्य बजार क्षेत्रमा टाँसेका ब्यानर बुधबार राति च्यातिएका हुन् ।  


लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २७ साउनमा हेटौंडामा बागमती प्रदेश भेला आयोजना गरेको थियो । भेलाको बारेमा जानकारी दिन बजार क्षेत्रमा टाँसिएका ब्यानर च्यातिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी एक सदस्य ज्वाला संग्रौलाले जानकारी दिइन् । 



ब्यानरहरू कसले च्यातेको हो भन्ने बारेमा कुनै जानकारी बाहिर आएको छैन । 





  • प्रकाशित मिति : २६ साउन, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया