काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद शुक्रबारको संसद् बैठकले चिकित्सा शिक्षा विधेयक–२०७५ पारित गरेको छ ।
सभामुख कृष्णबहादुर महराले बैठकको प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध प्रदर्शन गरे । उनीहरूले संसदीय मर्यादा कायम हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
सभामुख महराले शान्त रहन आग्रह गरे पनि कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिरहेपछि उनले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई विधेयक प्रस्तुत गर्न आग्रह गरेका थिए ।
शिक्षामन्त्री पोख्रेललाई रोस्ट्रममा जान नदिन कांग्रेस सांसदहरूले प्रयास गरे पनि मर्यादापालकको सहयोगमा पोख्रेल रोस्ट्रममा पुगेर विधेयक प्रस्तुत गरे । शिक्षामन्त्रीले प्रस्तुत गरेको विधेयकलाई संसद्को बहुमतले पारित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।