देशभर ५८६९ सक्रिय संक्रमित, आइसीयूमा ६० र भेन्टिलेटरमा ८ जना
फाइल तस्वीर

देशभर पछिल्लो २४ घण्टामा ८१५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । 

सो अवधिमा ४ हजार ५३४ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ४११ जनाको पिसीआर र २ हजार १२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७४ हजार २९५ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ । होमआइसोलेसनमा ५ हजार ६७७, संस्थागत आइसोलेसन १९२, आइसीयूमा ६० र भेन्टिलेटरमा ८ जना संक्रमित रहेका छन् ।

हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् भने २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । 

शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालीकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा २ हजार ९२२,  ललितपुर ८६८ र भक्तपुरमा ८९ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १७:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया