संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालू आर्थिक वर्ष २०७९–८० को बजेट पेस नगरेको बताएको छ ।
मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालू आर्थिक वर्षको बजेट पेस गरेका छन् ।
हालसम्म बजेट पेस नगर्ने स्थानीय तहमा प्रदेश नं.१ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ वटा रहेका छन् ।
गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेस गरिसकेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।