यस्ता छन् एन्फाको कार्यसमिति बैठकले गरेका १९ निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले विभिन्न १९ निर्णय गरेको छ । 

एन्फाले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) असोज तेस्रो साता आयोजना गर्न दिने, बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपालमा आयोजना गर्ने र प्रशिक्षणको जिम्मा प्रदीप हुमागाईलाई दिने,  नेपालमा नै आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपको टिकट मूल्य निर्धारण, ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता आयोजना गर्ने मितिसमेत तय बैठकले गरेको छ । 

हेर्नुहोस् एन्फाले गरेका निर्णय

१. यहि भदौ २१ देखि आश्विन ३ गते सम्म काठमाण्डौमा हुने महिला साफ च्याम्पियनसिप सम्बन्धमा छलफल हुँदा संघका बरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकमा कार्यसमितिका सबै सदस्य रहने गरि गठन गरिएको १८ सदस्यीय मुल आयोजक कमिटीलाई अनुमोदन गर्ने निर्णय गरियो ।

२. महिला साफ च्याम्पियनसिपका लागि मनोनयन गरिएका राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक कुमार थापालाई र टिम व्यवस्थापक बिन्द्रा देवान र अन्य टिम अफिसियललाई अनुमोदन गर्ने निर्णय गरियो

३. महिला साफ च्याम्पियनसिपको लोकल जेनरल कोअर्डिनेटरमा विजय घले, भेन्यु म्यानेजरमा रविन्द्र चन्द र सेक्युरिटि अफिसरमा दिनेश व्यन्जनकारलाई र प्रतियोगिताको मार्केटिङ्ग र ब्रोडकास्टिङ्ग सम्बन्धि आवश्यक निर्णय लिन संजिव सिल्पकारलाई मार्केटिङ र ब्रोडकास्टिङ्ग कमिटिको संयोजकमा अनुमोदन गर्ने निर्णय गरियो



४. महिला साफ च्याम्पियनसिपको खेल समय साफबाट सुझाव भए अनुसार दिनको १ बजे र साँझको ५ः३० बजे राख्ने निर्णय गरियो । महिला साफ च्याम्पियनसिपको टिकट दर साधारण पाराफिटतर्फ ३०० र भिआइपी पाराफिट तर्फ ५०० तोक्ने निर्णय गरियो ।

५. अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहीको संयोजकत्वमा कार्यसमिति सदस्यहरु अनिल मल्ल र मनिष जोशी सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरि पदपूर्ति समिति गठन गर्ने निर्णय गरियो ।



६. सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता २०७९ आश्विन १ देखि ३० गतेसम्म टोली सहभागिताको आधारमा आयोजना स्थल निर्धारण गर्ने गरि निर्णय पारित गरियो ।

७. नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपुर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसंग छलफल गर्न एन्फा अध्यक्ष श्री पंकजविक्रम नेम्वाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नविकरण समिति निर्माण गरि सम्झौता नविकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल संचालनका लागि समय उपलब्ध गर्ने निर्णय गरियो ।

८. अखिल नेपाल फुटबल संघको स्वामित्वमा रहेको गाडीहरु ९अध्यक्ष चढ्ने फरर्चुनर र बस ० सम्बन्धमा विकास श्रेष्ठ, रविन्द्र चन्द र मनिष जोशी सम्मिलित एक कमिटि बनाइ आवश्यक प्रकृया पुर्याएर लिलामी गरि सो बाट प्राप्त रकम खेलाडी अक्षयकोषमा राख्ने गरि निर्णय पारित गरियो

९. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले यहि २०७९ आश्विन ११ गते बंगलादेशको राष्ट्रिय टोलीसँग काठमाण्डौमा मैत्रीपुर्ण खेल खेल्ने निर्णय पारित गरियो ।

१०. बंगलादेशसँगको सो मैत्रीपुर्ण खेलको लागि कार्यवाहक मुख्य प्रशिक्षकका रुपमा प्रदिप हुमागाईलाई मनोनयन गर्ने निर्णय पारित गरियो ।

११. अखिल नेपाल फुटबल संघको विशेष साधारण सभा २०७९ आश्विन १२ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरियो ।

१२. राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलहरु विराटनगरमा महिला साफ च्याम्पियनसिप पछि सम्पन्न गर्ने निर्णय गरियो ।

१३. ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता २०८० साल जेठ २९ देखि असार १० गतेसम्म सम्पन्न गर्ने निर्णय गरियो ।

१४. पुरुष, महिला र युथ फुटबल टोलीले देश विदेशका फुटवल प्रतियोगितामा पदक जित्दा अखिल नेपाल फुटबल संघले दिने पुरस्कार सम्बन्धमा एन्फा सचिवालयले एक मापदण्ड तयार गर्न कमिटि बनाइ आवश्यक निर्णय लिने निर्णय पारित गरियो ।

१५. अखिल नेपाल फुटबल संघको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राइलाई आगामी साधारण सभामा अनुमोदनको लागि पेश गर्ने गरि नियुक्त गर्ने निर्णय गरियो

१६. अखिल नेपाल फुटबल संघको प्रवक्तामा सुरेश शाहलाइ नियुक्त गर्ने निर्णय पारित गरियो ।

१७. बहराइनमा हुने एएफसी एशियन कप यु–२० छनोट, श्रीलंकामा हुने यु–१७ साफ प्रतियोगिता र भियतनाममा हुने एएफसी एशियन कप यु–१७ छनोटमा भाग लिने निर्णय पारित गरियो ।

१८. धनकुटा र सुर्खेतमा कम्युनिटि कोचिङ्ग कोर्स सम्पन्न गर्ने निर्णय गरियो । त्यस्तै सेप्टेम्बर २३ देखि २७ सम्म काठमाण्डौमा फिटनेस लेभल १ कोर्स र फिफा एमए रेफ्री कोर्स आयोजना गर्ने निर्णय पारित गरियो ।

१९. अखिल नेपाल फुटबल संघका अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाँडे जिम्मेवारी परिवर्तन गरि एन्फा अध्यक्षज्युको प्रमुख सल्लाहकार नियुक्त गर्ने निर्णय पारित गरियो ।

  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार २१:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया