logo-img

यस्तो छ आइतबारसम्मको मौसम पूर्वानुमान

आज देशका विभिन्न भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ । 

दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भू–भागमा वर्षाको आँकलन गरिएको छ ।

शनिबार प्रदेश–१ र बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति गण्डकीका थोरै तथा प्रदेश–१, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको  प्रक्षेपण गरिएको छ । 

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। 





  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया