सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार बिहीबार ७ लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन् ।

सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । अपेक्षित पाँचौं असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित छ ।

सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले भने,  ‘१० लाख जनसंख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो ।’

उनले अगाडि भने, ‘भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ । हामीले धेरै भन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौं किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन । धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ ।’ 

जलवायु परिवर्तन र यूक्रेन युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने यूएनएचसीआरले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार ७:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया