अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेका हुन् ।
उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।
अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । ‘म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइन् । पहिलो पटक कांग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरूभन्दा कांग्रेस नै ठीक लाग्यो ।’
उनले ‘द्रव्य,’ ‘सौर्य,’ ‘हसियाँ,’ ‘ठमेल डटकम,’ ‘हाउ फन्नी,’ ‘वीर विक्रम,’ ‘कमलेको बिहे,’ ‘कृ,’ ‘हुर्रे,’ ‘लिलिबिली,’ ‘पुरानो बुलेट’ लगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।