चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्यारीढापबाट भण्डारा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
कपिलवस्तुको मायादेवी गाउँपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् । 

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो । भैरहवाबाट तौलिहवा तर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । 

हिजो बेलुकी ८ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १२:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया