रहिम स्टर्लिङले इंग्लिस क्लब म्यानचेस्टर सिटीमा पर्याप्त अवसर नपाएका कारण चेल्सी रोजेको बताएका छन् । इंग्लिस विंगर तथा एट्याकिङ मिडफिल्डर स्टर्लिङ सिटीसँगको सात बर्से सम्झौता अन्त्य गर्दै यसै सिजन स्टामफोर्ड ब्रिज भित्रिएका थिए ।
सिटीले प्रिमियर लिग र घरेलु प्रतियोगितामा निकालेको सफलतामा स्टर्लिङ पनि प्रमुख खेलाडी थिए । तर, गत सिजन भने टोलीमा धेरै अवसर पाएनन् । उनले सिटीबाट गत सिजन २३ खेल मात्र खेल्न पाए ।
जसका कारण स्टर्लिङ सिटीको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको बताइन्छ । ‘म सधै सफलता हात पार्न आतुर रहन्छु’, स्टर्लिङले भने, ‘गत सिजन मैले सिटीमा थोरै मात्र अवसर पाए । त्यसैले मैले सिटीको बेन्चमा बस्न नचाहेका कारण नयाँ गन्तव्यको रूपमा चेल्सी रोजेको हुँ । क्लब छोड्ने निर्णय लिँदा मसँग धेरै विकल्प भने थिएन । चेल्सी मेरो लागि राम्रो विकल्प बन्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।