संसद भित्रका ‘रोचक’ दृश्य : कोही फोन र गफमा व्यस्त, कोही निन्द्रामा मस्त  [फोटो फिचर]

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । 

आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरूको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् । यस्ता दृश्यले कौतुहलता र मनोरञ्जन भने दिएका हुन्छन् नै । कतिपय संसदका दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ । 

एकातिर संसदीय विषयहरूमा छलफल र अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरु गफिएका देखिन्छन् भने कोही फोनमा व्यस्त त कोही निदाइरहेका पनि । यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ । आरोप/प्रत्यारोपको व्यङ्ग्य त छँदै छ तर अर्कोतिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यङ्ग्य गरेको दृश्यको रोचकता संसदमा नै देख्न सकिन्छ । संसद बैठकका धेरै समय कुर्सीहरू खाली नै हुन्छन् । 

सांसदहरु फोन र गफमा व्यस्त अनि निन्द्रामा मस्त । न्युज एजेन्सी नेपालका फोटोग्राफरहरूले आज यिनै संसद भित्र भएका सांसदका गतिविधिलाई कैद गरेका छन् । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा देखिएका यिनै रोचक दृश्यहरु आजको फोटो फिचरमा । 

 






 

  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार ९:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया