तीन दशकदेखि कांग्रेस-कम्युनिस्टको चक्रव्यूहमा फसेको देशलाई निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन
फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहमा फसेका जनतालाई निकाल्ने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । 

राप्रपाद्वारा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई सामान्य प्रक्रिया मात्रै नसम्झिन आग्रह गर्दै तीन दशकदेखि कांग्रेस र कम्युनिस्टको चक्रव्यूहमा फसेको देशलाई पार लगाउनुपर्नेमा जोड दिएका हुन् ।

'आउने निर्वाचनलाई सामान्य, नियमित प्रक्रिया मात्रै नसम्झौँ । आउने निर्वाचनलाई नेपाली जनता, जो तीन दशकदेखि कांग्रेस, कम्युनिस्टको चक्रव्यूहमा फसेका छन् । देश यिनीहरूको चक्रव्यूहमा फसेको छ, त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई सदुपयोग गर्नुपर्दछ हामीले' उनले भने ।

उनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नेपाली जनताले एउटा महत्त्वपूर्ण अवसरको रुपमा लिनुपर्ने जिकिर गरे । राप्रपा पार्टी बलियो रुपमा स्थापित हुन सके कांग्रेस र कम्युनिस्टलाई राजा र हिन्दुराष्ट्रको पक्षमा ल्याउन सकिने उनको बुझाइ छ ।

'राप्रपा जस्तो पार्टी बलियो रूपमा स्थापित हुन सक्यो भने, माओवादी जस्तो कांग्रेस, एमालेलाई ठोकेर होइन, राजा र हिन्दुराष्ट्रको पक्षमा ल्याउन सक्छौं' उनले भने ।

लिङ्देनले लोकतन्त्र र गणतन्त्रको नाममा मुलुकमा सीमित राजनीतिक दलहरूबाट लुटतन्त्र मच्चाएको आरोप लगाए । अहिले भ्रष्टाचार, विदेशी हस्तक्षेप र महँगी बढेको उनको भनाई छ ।





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १४:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया