राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिस्टको चक्रव्युहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताए ।
अबको निर्वाचनमा जनता सचेत हुनुपर्ने भन्दै उनले मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरे ।
कांग्रेस र कम्युनिष्टले लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको भन्दै लिङ्देनले स्वस्तिक छापलाई सही ढंगले प्रयोग गर्नुपर्ने दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।