मधेसी नेतृत्वले भगवानलाई पनि टेरेनन् : रवि लामिछाने

राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछानेले २००७ सालदेखि निरन्तर मधेसलाई टेकेर राज्यको माथिल्ला निकायसम्म नेताहरु पुग्दा पनि जनता राज्यको सुविधाबाट वञ्चित रहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित मधेस प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मधेसलाई टेकेर दुई दर्जनभन्दा बढी नेताहरुले संसददेखि प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसके पनि मधेसी जनताको जीवनस्तरमा कुनै परिवर्तन् नआएको उनको भनाइ छ । आफूले हिजो सञ्चारकर्मीका रुपमा रिपोटिङ गर्दा मधेसमा जहाँ कमिसन आउँछ, त्यहाँ विकास गरेजस्तो गरेर भष्ट्राचार गरेका प्रमाण भेटेको बताए । त्यसैकारणले मधेसले विकासको काँचुली फेर्न नसकेको उनको भनाइ छ । 

जानकी मन्दिरको संरचना प्रर्वद्धनको बजेटमा भएको भष्ट्राचारलाई संकेत गर्दै उनले भने, ‘जहाँ कसैसँग डर हुँदैन, त्यहाँ भगवानको डर हुनुपर्छ, तर, मधेसका नेतृत्वले त भगवानलाई पनि टेरेनन् ।’





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १९:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया