ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जर मर्ज हुने

एजेन्सी– फेसबुकले तीन वटा छुट्टाछुट्टै मेसेजिङ प्लेटफर्म ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जरलाई मर्ज गर्ने योजना बनाएको छ । यी ती छुट्टाछुट्टै एपका रुपमा रहे पनि एकआपसमा सम्बन्धित हुने फेसबुकले जनाएको हो । 

यसको अर्थ अब ह्वाट्सएप चलाउने प्रयोगकर्तालाई फेसबुक मेसेन्जरबाट नै सन्देश पठाउन सकिने छ । यसअघि यी तीनै एउटै कम्पनीको स्वामित्वमा भए पनि एउटै कोर नहुँदा यो सम्भव थिएन ।

फेसबुकले यो एउटा लामो प्रक्रिया भएको र फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्गले नै यो चाहेको उल्लेख गरेको विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार यो मर्जर प्रक्रिया सुरु भइसकेको छ र सन् २०१९ को अन्त्यसम्म वा अर्को वर्षको सुरुवातमा यो पूर्णरुपमा सकिने छ ।

जुकरबर्गको यही योजनाका कारण गत वर्ष इन्स्टाग्राम र ह्वाट्सएपका संस्थापकहरुले कम्पनी छोडेको अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार २३:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया