केपी ओली र राजेन्द्र लिङ्देन भेटमा के भयो कुराकानी ?

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ओली र लिङ्देनबीच शुक्रबार बालकोटमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  

०७४को निर्वाचनमा एकअर्कालाई सहयोग गरे पनि लिङ्देन राप्रपा अध्यक्ष भएयता दुई नेताबीचको सम्बन्ध खासै सुमधुर थिएन । अहिले कांग्रेसको नेतृत्वको गठबन्धन मिलेर निर्वाचनमा जाने चर्चा चलिरहँदा एमाले र राप्रपा पनि चुनावी तालमेलमा जाने आकलन गरिएको छ । 

दुवै नेताको गृहजिल्ला झापा भएको र उनीहरु पार्टीको नेतृत्वमा पनि रहेकाले समग्र राजनीतिक विषयमा छलफल भएको राप्रपा स्रोतको भनाइ छ । भेटमा निर्वाचनकेन्द्रित छलफल भएको बुझिएको छ । 

यसअघि राप्रपाकी महामन्त्री कुन्ती शाही र महामन्त्रीमा पराजित रेखा थापाले पनि ओलीसँग भेट गरेका थिए । सो भेटपछि कतिपयले पहिले माओवादीमा सक्रिय रहेकी रेखा राप्रपा हुँदै एमालेमा प्रवेश गर्न लागेकोसम्म चर्चा गर्न भ्याएका थिए । 

अघिल्लो निर्वाचनमा लिङ्देनले एमालेको सहयोगमा कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरेर प्रतिनिधिसभामा चुनिएका थिए । ओलीलाई पनि उनको क्षेत्रमा राप्रपाले सहयोग गरेको थियो । पछिल्लो भेटलाई दुई नेताबीच सम्बन्ध सुधारको प्रयासका रुपमा हेरिएको छ । 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार २२:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया