प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

त्यस्तै अर्थमन्त्री शर्माले नै ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ । 

सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाको सन्देशसहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने पनि सचिवालयले जनाएको छ । 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देशसहितको ‘स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 
 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ९:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया