आफूनिकट नेताहरूसँग छलफल गर्दै शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्ने भएका छन् । उनले आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा छलफल गर्न लागेका हुन् ।

कांग्रेस नेता गुरुराज घिमिरेका अनुसार आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न लागिएको हो । 

छलफलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरूलाई बोलाइएको छ । यसअघि बत्तिसपुतलीको एक पार्टी प्यालेसमा भएको छलफलमा उठेका विषय कोइरालालाई जानकारी गराउने र भावी रणनीति तय गरिने नेताहरूले बताएका छन् ।  





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १०:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया