कैलालीको गोदावरीमा ५ तारे होटलको शिलान्यास

कैलालीको गोदावरी नगरपालिका–७ मा ५ तारे होटलको शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ हरैयामा आइडिया होटेल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।

उक्त होटलको शनिबार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सांसद एवम् नेपाली कांगेसका नेता शशांक कोइरालाले शिलान्यास गरेका हुन । होटलको शिलान्यास गर्दै कोइरालाले होटेल व्यवसायले सद्भावको भावना जागृत गर्ने बताए । उनले होटेल व्यवसायले यस क्षेत्रको आर्थिक विकासमा मदत गर्ने बताए ।

‘होटेल भनेको एउटा यस्तो व्यवसाय हो । जसले सद्भावको भावना जागृत गराउँछ । होटलमा देश बाहिरबाट आएका मानिसहरूलाई पनि सद्भाव सत्कार सम्मानका साथ बसाउन सकियो भने उनीहरू पटक–पटक यहाँ आउने गर्दछन्’ उनले भने, ‘यहाँ क्यासिनो स्थापना गर्न सकियो भने त्यसले पनि यस क्षेत्रको आर्थिक वृद्धि गर्न मदत गर्दछ ।’

उनले होटेलबाट भएको आम्दानी सामाजिक क्षेत्रमा पनि लगाउन आग्रह गरे । उनले भने  ‘मेरो भनाई भने के हो भने होटलको मालिकले आफ्नो आम्दानीको केही मात्रामा सामाजिक काममा लगाउनु पर्छ ।’

आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले होटलमा १५० गेस्ट रुम रहने बताए । उनले होटलको २ हजार जना अटाउने सेमिनार हल, १ हजार ५ सय जनाले एकै पटक खेल्न सक्ने क्यासिनो लगायतका सेवा सञ्चालन हुने बताए ।

आइडिया ग्रुपको नाममा २३ बिघा सो क्षेत्रमा जग्गा रहेको र जसमध्ये २ बिघा जग्गामा होटेल र अन्य क्षेत्रमा आइडिया सिटी निर्माण गरिने बताइएको छ । जसमा अपारमेन्ट निर्माण गरिने बताए । आइडिया नेपालका अध्यक्ष श्रेष्ठले होटेल क्यासिनोले सयौँ मान्छेलाई रोजगारी दिने बताए । उनले होटेल संचालनका लागि २ अर्ब लगानी लाग्ने अनुमान गरिएको बताए । होटेल १५ तलाको हुने छ । 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १२:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया