सांसद न्यौपानेको व्यंग्य- सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौं

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद मायादेवी न्यौपानेले सरकारको चर्को आलोचना गरेकी छन् । आइतबारको बैठकमा उनले सरकारले जनतालाई केही पनि दिन नसकेको आरोप लगाइन् ।

विद्यार्थीलाई पुस्तक दिन नसकेको, किसानलाई मल, बिउ र सिंचाई दिन नसकेको र व्यवसायीलाई कच्चा पदार्थ दिन नसकेको उनको आरोप छ । उनले सरकारलाई व्यङ्ग्य गरेकी छिन् । 

‘केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो हो?,’ सांसद न्यौपानेले भनिन् ।

उनले सरकारसँग मिल्दोजुल्दो भन्दै आयो लाहुरे बुट पेटी कसेर गयो लाहुरे खरानी धसेर भन्ने गीत पनि सुनाइन् । न्यौपानेले मंसिर चार गते हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस् भन्दै शुभकामना पनि दिइन् ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १२:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया