अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो
फाइल तस्बिर

अस्ट्रेलियाको राजधानी क्यानबेरा विमानस्थलमा गोली चलेको खबर छ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ ।

प्रत्यक्षदर्शीहरू अनुसार विमानस्थलमा तीनपटक गोली चलेको आवाज आएको थियो । प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ । केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । टर्मिनलको चेक इन गर्ने ठाउँमा गोलीबारी भएको थियो ।
 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १३:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया