रंगमतीको प्रश्‍न - हुम्ली जनताले बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य हो ?

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोरअन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भए पनि हालसम्म बन्न नसकेको बताइन ।

उनले सरकारको निकायहरुले एकले अर्कोलाई काम लगाएर पन्छिने गरेको बताइन् । सांसद शाहीले जुम्लाका जनताले एम्बुलेन्स चढ्न नपाउन् र बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारले उद्देश्य राखेको जिकिर गरे । 

‘गाडी चढेर मेरो उपचार काठमाडौंका राम्रा अस्पतालमा उपचार होस् भन्नका लागि आज हुम्ली जनतामाथि, हुम्लाको विकास निर्माणका लागि आज हरेक नियम, कानुन लगाइन्छ । मन्त्रीले सचिवलाई, सचिवले डिजीलाई, डिजीले आयोजना प्रमुखलाई अह्राउनुहुन्छ । आयोजना प्रमुखले पुच्छर हल्लाउँदै बसेका छन् । हुम्ली जनताले अझैपनि बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य त्यही हो’ उनले भने ।

उनले हुम्लामा हालसम्म सडक सञ्जाल नजोडिएको, आंगिक क्याम्पस नभएको, विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको र सञ्चारको पहुँच नभएको पनि बताए ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १४:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया