सबैभन्दा खराब स्थितीमा म्यानचेस्टर युनाइटेड

गत साता म्यानचेस्टर युनाइटेड नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमै ब्राइटनसँग पराजित भयो र यो क्लब र नयाँ व्यवस्थापक एरिक टेन हागका लागि चेतावनीका रूपमा आएको थियो ।

लिग अन्तर्गत गएरातिको खेलमा ब्रेन्टफोर्डसँगको फराकिलो हारले त्यसलाई आगमा घिउ थप्ने काम गरेको छ । क्लबका लागि यो निकै लज्जास्पद रह्यो र यसले दिन खोजेको सन्देश हो, म्यानचेस्टर साह्रै कमजोर बनेको छ । 

तथ्याङ्कले टेन ह्यागको लागि पनि राम्रो भन्दैन । उनी सन् १९२१ मा जोन च्यापम्यानपछि क्लबको सुरुवाती दुई खेल गुमाउने पहिलो प्रशिक्षक बने । बेलायती मिडियाले इंग्लिस प्रिमियर लिगमा बेहोरेको यो हारपछि क्लबलाई तथानाम गाली गर्दै भन्न थालेका छन्,के म्यानचेस्टर ‘जोक’ हो ?

अबे मैदानको  पहिलो खेलमै म्यानचेस्टरले चार गोल खाएको हो र यससँगै दुई खेलबाट विना कुनै अंक टिम लिग तालिकाको पुछारमा छ, भलै लिग भर्खर सुरु भएको छ । यी दुई खेलको नतिजाले म्यानचेस्टरमाथि अनेक प्रश्न उठेको छ र तय छ, यसका उत्तर उत्तिकै कठिन छन् ।

 त्यो त ब्राइटन र ब्रेन्टफोर्ड दुवै प्रिमियर लिगका महारथी होइनन् । उनीहरुलाई ‘बिग सिक्स’ मानिँदैन । तर म्यानचेस्टरका यो भन्दा ठुलो दुर्गती अरु के हुन सक्छ, उसलाई यिनै क्लबले लज्जास्पद हार चखाए । ठुला क्लबसँग भिड्दा उसको हालत के हुनेछ त्यो कल्पनाभन्दा बिहिरको कुरा हो । 

बिबिसीका फुटबल विशेषज्ञ क्रिस सटनले म्यानचेस्टर अहिलेसम्मकै सबैभन्दा खराव भनेका छन् भने स्काइ स्पोर्टसका करेन कारनेयीले टालीको प्रदर्शन योभन्दा खराव हुनै नसक्ने बताएका छन् ।



इंग्ल्याण्का पूर्व कप्तान एलान सिएररले भनेका छन्, ‘म्यानचेस्टर युनाइटेड अहिले पूर्णतः अन्यौलको स्थितिमा छ । यो स्थिति त्यसै आएको होइन्, यसमा केही वर्षयताको असफलता र लगातारको खराव व्यवस्थापनको पनि हात छ । टोलीमा नेतृत्व भन्ने नै छैन् र क्लबले पछिल्ला केही सिजनयता एकपछि अर्को खराव अनुबन्ध गरेको छ । नयाँ राम्रा खेलाडी युनाइटेड आउन चाहदैंनन् । स्थिति भयावह भएको छ ।’

सिएररका अनुसार स्थिति सुधार्न समय मात्र होइन्, खर्च पनि उत्तिकै लाग्नेछ । उनले क्लबका समर्थकलाई के पनि भनेका छन् भने उनीहरू सामु रहेको एउटै विकल्प भनेको संयमित रहनु हो, किनभने अहिलेको टोली उत्कृष्ट हुनबाट हजारौं माइल टाढा छ । हारपछि स्तब्ध टेन हागले स्वीकार गरे,‘युनाइटेडलाई गुणस्तरीय खेलाडी चाहिएको छ । तर यो स्थितिमा कुन खेलाडी यहाँ आउन चाहन्छ रु’



बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डि जोङका लागि युनाइटेडको लामो कसरत गरिरहेको रहेको छ । डच खेलाडी स्पेनिस क्लबलाई छोड्न मानिरहेका छैनन् । अब बार्सिलोनाले नै उनलाई पठाउन जबरजस्ती गरिरहेको छ । तर पनि कुरा मिलिरहेको छैन । यसको प्रमुख कारण युनाइटेडको दुर्दशानै हो । उसंग च्याम्पियन्स लिगको प्रतिष्पर्धा छैन । क्लबमा रोनाल्डो जस्ता खेलाडी त इच्छा नहुँदा नहुँदै बस्न परिरहेको छ । 

ब्रेन्टफोर्डविरुद्ध पहिलो हाफमा म्यानचेस्टरको प्रदर्शन वास्तवमै निकै खराव थियो। यस जितमा जेस डासिल्भा,म्याथिअस जेन्सन,मेन मी र ब्रायन एम्बेमोले एक–एक गोल गरेका थिए । म्यानचेस्टर लिगमा घर बाहिर पराजित भएको यो लगातार सातौं खेल हो र यो सन् १९३६ यताकै खराव प्रदर्शन पनि ।  

स्काइ स्पोर्टसमा कमेन्ट्री गरिरहेका पूर्व कप्तान गेरी नेभिलले थपे, ‘हामीले त म्यानचेस्टरको विनास देखिरहेका छौं । मलाई लागेको थियो, ब्रेन्टफोर्डविरुद्ध  क्लबले केही राम्रो खेल्नेछ, तर त्यस्तो केही पनि भएन् । टोलीको प्रदर्शन निकै खराव रह्यो । यो प्रदर्शनले दिएको निराशा लुकाउने ठाउँ पनि त कतै छैन् । मैले म्यानचेस्टर पछ्याएको ४२ वर्ष भयो, यस्तो स्थिति पनि आउने छ भनेर कल्पना पनि गरेको थिइनं ।’

(एजेन्सीहरूको सहयोगमा) 

  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १४:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया