संसद बैठकमा सांसदको अरुची, गणपूरक नपुगेर दोस्रो पटक स्थगित भयो बैठक
फाइल तस्वीर

प्रतिनिधिसभा बैठक गणपूरक संख्या जनपुगेपछि स्थगित भएको छ । आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । 

आइतबार बसेको पहिलो बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या एकिन गर्न माग गरेपछि १५ मिनेट घण्टी बजाएर गरिएको गणनामा गणपूरक संख्या नपुगेको पुष्टि भयो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा एक चौथाइ ६९ सदस्य हुनुपर्नेमा तीन मिनेट घण्टी बजार गणना गर्दा ६७ जना मात्र सांसद उपस्थित रहेको देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे । 

यसपछि पुनः दोस्रो पटक बसेको बैठकमा पनि सांसद प्रेम सुवालले नै गणपूरक संख्या एकीन गर्न माग गरे । 

त्यसपछि पुनः तीन मिनेट घण्टी बजार गणना गर्दा गणपूरकलाई ६९ जना हुनुपर्नेमा ६७ जना नै उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो । स्थगित बैठक ३१ साउन मंगलबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १६:५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया