विराटनगरका मेयरले तीन महिनामै तोडे चुनावी प्रतिबद्धता, अब सरकारी गाडी नै प्रयोग गर्ने

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले निर्वाचनमा जनतामाझ गरेको प्रतिवद्धता तीन महिना पनि टिक्न नसकेको पाइको छ । 

निर्वाचनको समयमा मेयरमा निर्वाचित भए आफ्नै निजी गाडी प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर, निर्वाचित भएको तीन महिना पनि नबित्दै मेयर कोइराला आफ्नो चुनावी प्रतिवद्धता विपरीत सरकारी गाडी प्रयोग गर्ने भएका हुन् । 

मेयर कोइरालाले करिब तीन महिना आफ्नै निजी गाडी प्रयोग गरेको तर, निजी गाडीमा इन्धन प्रयोग गर्दा बेरुजु निस्किने भएकाले सरकारी गाडी नै प्रयोग गर्ने निर्णय गरेको सचिवालयमार्फत जानकारी गराएका छन् । 

निजी गाडीमा इन्धनको बेरुजु र लामो समयसम्म सरकारी प्रयोग नगर्दा प्राविधिक समस्या आउने र मर्मत गर्दा ठूलो खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको मेयर कोइरालाले बताएका छन् । 

उनले महानगरका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक, शुभेच्छुकहरुको सुझाव नकार्न नसकेकाले सरकारी गाडी प्रयोग गर्ने निर्णय गरेको दाबी गरेका छन् । मेयर कोइरालाले पारदर्शी हुनुपर्छ भनेर निजी कामबाहेक सरकारी गाडी प्रयोग गर्ने महानगरवासीलाई जानकारी गराएको बताए ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १६:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया