साउन ३१ मा चितवनमा ‘कृष्णलीला’को फ्री कन्सर्ट

भगवान् श्रीकृष्णको जन्मदिन अर्थात् कृष्णजन्माष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘कृष्ण–लीला’को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकिँदै जादा प्रचारप्रसारमा व्यापकता दिइरहेको ‘कृष्ण लीला’को कलाकारसहितको टिमले साउन ३१ अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्री कन्सर्ट गर्न लागेको जानकारी निर्देशक दीपक ओलीले दिएका छन् । 

ओएसिस एजुकेसन (अष्ट्रेलियन भिसा स्पेसलिष्ट)को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोसन टुरको कन्सर्टमा ‘कृष्ण लीला’का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात् अभिनेत्री श्रद्धा क्षेत्री, ‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रवीन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’का गायक रवि ओड र गायिका सुनीता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतको टोलीले चितवनवासीलाई झुमाउनेछ । 

चितवनका दर्शकहरुको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागिएको र समय मिलेसम्म देशका अन्य सहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । द पोजेटिभ इभेन्ट्सले व्यवस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेसनल एकेडेमी पर्सा, अकिवा वाइन, सिजी ल्याण्डमार्क, फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन, लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत छन् । कन्सर्टमा हजारौँ दर्शक सहभागी हुने प्रक्षेपण गरिएको छ । 

आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्रका साथमा हिउँवाला गौतम, नवीन रेग्मीलगायत थुप्रै कलाकारले अभिनय गरेका छन् । शिव ढकालले खिचेको फिल्मका ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीत अहिले निकै चर्चित छन् । रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । 
 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १८:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया