बाबुराम माओवादीको हँसिया हथौडाबाट चुनाव लड्दै, लिखित सहमतिलगत्तै दल दर्ता गर्ने
फाइल तस्वीर

नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिने तयारी गरेको छ । नेसपाले माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने गरी गृहकार्य भइरहेको हो ।

दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउनेबारेमा छलफलमा रहेका छन् । आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको थियो । दुई पार्टीका शीर्ष नेताको भेटमा माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा जाने विषयमा सकारत्मक छलफल भएको नेसपाका नेता विश्वदीप पाण्डेले बताए ।

नेसपाका अध्यक्ष भट्टराईले पदाधिकारीलाई यसबारेमा ब्रिफिङसमेत गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा आइतबार दिउँसो बसेको बैठकमा आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिनेबारे जानकारी गराएका थिए । उनले माओवादी अध्यक्ष प्रचण्डसँग मौखिक सहमति भएको पनि बताएका थिए ।

उनले भोलिसम्म लिखित सहमति गर्ने तयारी गरेको बताइएको छ । त्यसपछि उनले आगामी चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारी गरेका छन् । यसअघि पनि प्रचण्ड र बाबुरामबीच समाजवादी केन्द्र विषयमा पनि छलफल गरेका थिए ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार २०:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया