logo-img

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमप्रति महन्थ ठाकुरको आपत्ति

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति आपत्ति जनाएका छन् ।

दुवै संसदले पारित गरिसकेको विधेयकलाई राष्ट्रपतिले फिर्ता बोलाउनु सम्पूर्ण जनताको अपमान भएको भन्दै उनले पार्टीका तर्फबाट सो कदमको घोर भर्त्सना गरेका छन् । 
राष्ट्रपति भण्डारीले लाखौँ जनतालाई राज्यविहीन बनाउने षड्यन्त्र गरेको उनको आरोप छ । 



यस विषयमा सोमबार बस्ने लोसपाको बैठकले आवश्यक निर्णय लिने अध्यक्ष ठाकुरले बताए । नागरिकताले नागरिकलाई देशसँग जोड्ने, तर राष्ट्रपतिले त्यसलाई तोड्न खोजेको आरोप लगाए ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया