राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता
फरकधार / २९ साउन, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । 

करिब तीन हप्ता बेलायतको निजी भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता–कार्यकर्ताले स्वागत गरेका थिए।   



पार्टीको भोलि ३० र पर्सि  ३१ गते केन्द्रीय समितिको बैठक बस्दै छ । 



बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार २२:१७:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया