११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

११ चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतबार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका छन् । आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् ।

चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ । तर, गत साताको तुलनामा चिनियाँ गतिविधि कम छन् । जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउँदै आएको छ ।

बेइजिङमा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओत्सेतुङको कम्युनिष्ट पार्टीसँग गृहयुद्ध हारेपछि पराजित गणतन्त्र चीनको सरकार सन् १९४९ मा ताइवानमा भागेको थियो ।    





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ६:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया