दुईपटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले टोटनहमसँग अंक बाँडेको छ ।
लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले एक/एक गोल गरे ।
खेल सकिएपछि हात मिलाउने क्रममा दुवै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यसपछि रेफ्रीले दुवै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए ।
यो बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।