रूपन्देहीमा गोली चल्यो, एकजना घाइते
फाइल तस्बिर

रूपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् । जिल्लाको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन ।

गएराति पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरेपछि सो समूह सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेको छ ।

गोली प्रहार र लुटपाटमा संलग्नको खोजी जारी रहेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।  





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ८:३८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया