धनुषामा राष्ट्रपति भण्डारीविरुद्ध विरोध प्रदर्शन, सडक अवरुद्ध

धनुषामा नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले आइतबार साँझ नागरिकता विधेयक संसदमा फिर्ता पठाएको भन्दै उनी विरुद्ध कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

नागरिकता विधेयक बारे राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले सोमबार बिहान धनुषाको ढल्केवरमा पूर्वपश्चिम लोक मार्ग अवरुद्ध गरेका छन् । नेपाली कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता तथा कार्यकर्ताहरूले आधा घण्टा सडकमा चक्काजाम गरेका छन् । 

केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको गरिएको कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए । प्रदर्शनमा नागरिकता पीडितहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । 

यता, लोकतान्त्रिक समाजवादी पार्टीले पनि आज दिउँसो ४ बजे मधेस प्रदेशका सबै जिल्लाका सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै, जसपाले पनि साँझ ६ बजे जनकचोकमा विरोध प्रदर्शन गर्ने जनाइएको छ । दुवै सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले आइतबार साँझ संसदमा फिर्ता पठाएकी हुन् । 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १३:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया