धर्मपुत्री बलात्कार प्रकरण : घटनामा संग्लनलाई तत्काल कारबाही गर्न अनेरास्ववियूको माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन (अनेरास्ववियू) ले नाबालिका बलात्कारको घटनामा संग्लन सबैलाई कारबाही गर्न माग गरेको छ । अनेरास्ववियू क्रान्तिकारी जुम्ला जिल्ला अध्यक्ष रमेश रावलले आइतबार विज्ञप्ति जारी गर्दै घटनामा संग्लन सबैलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी निकायका व्यक्तिहरु लगायतको मिलोमतोमा नाबालिकाकी आमालाई आर्थिक प्रलोभनमा पारी करणी जस्तो जघन्य अपराधलाई ७ लाखको चलखेलमा कागज बनाएर उम्काउन खोज्ने व्यवहार घृणित तथा लज्जास्पद हो ।’ 

विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ, ‘आरोपित र मिलापत्र गराउने कार्यमा संग्लन कालीबहादुर भण्डारी (स्वतन्त्र वडा सदस्य) ​ चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत लगायतका संलग्न व्यक्तिलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिई, तथ्य र सत्य अनुसन्धान गरि  कानुन अनुसार कडाभन्दा कारबाही गर्न र पीडित पक्षलाई न्याय दिन हाम्रो संगठन जोडदार माग तथा खबरदारी गर्दछ । यदि यो घटनालाई विभिन्न चलखेलमा  कमजोर पारेर अपराधीहरू उम्काउने  र पीडितलाई न्याय नदिएको खण्डमा हाम्रो संगठन भीषण संघर्ष गर्न बाध्य हुने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ ।’





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १३:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया