नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश राष्ट्रिय हितअनुरूपः भीम रावल

नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुले प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् । 

देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको समेत उनले जनाएका छन् । 

‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च छ । नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ (३)  र राष्ट्रिय हित अनुरूप छ । देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’ 

प्रमाणीकरणको लागि सभामुखले पठाएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभामा फिर्ता पठाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १८:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया