स्वास्थ्य बिमा गरेकै छु भनेर आवश्यकताभन्दा बढी प्रयोग गर्न खोज्दा समस्या : मन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बिमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको काठमाडौंमा स्वास्थ्य बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बिमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बिमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका हुन् । 

अहिले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्नका लागि मन्त्रालय तयार रहेको भन्दै मन्त्री खापुङले स्वास्थ्य बिमाबापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरुका कमीकमजोरी देखिएको बताए । 

स्वास्थ्य बिमा गर्ने व्यक्तिहरुले समेत बिमा गरेकै छु भनेर आवश्यकताभन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको उनको गुनासो छ । स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्यअनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको उनले बताए । 

सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पुर्याउने र बिमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाब कार्यदल बनाएर अगाडि बढेको उनले जानकारी दिए । 

मन्त्री खापुङले एकातिर अस्पतालहरुमा डाक्टरको अभाव रहेको र अर्कोतिर धेरै डाक्टरहरु बेरोजगार रहेको बताए । धेरै डाक्टरहरु बेरोजगार रहेको भन्दै मन्त्रालयमा आउने गरेको तर दुर्गम क्षेत्रमा काम गर्न जाँन कोही तयार नभएको उनले गुनासो गरे । 



मन्त्री खापुङले काठमाडौंमा डाक्टर अत्यधिक भए पनि काम केही नभएको बताए । दरबन्दी र काम नभएको आर्यघाटमा समेत सातजना डाक्टर रहेको उनले बताए । 



  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १८:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया