आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय तोकिएको छ । भ्रष्टाचारको आरोपमा अदालतले दोषी ठहर गरसँगै सुकीको जेल अवधि १७ वर्ष पुगेको हो । 

उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो । सुकीमाथि आफ्नो कार्यकालमा पदको दुरुपयोग गरेको र च्यारिटीको नाममा पैसा लिएर घर बनाएको आरोप छ । उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । 

म्यानमारमा २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि सुचीलाई पक्राउ गरी नजरबन्दमा राखिएको थियो । ७७ वर्षीया नेता सुकीमाथि अदालतले सेनाविरुद्ध हिंसा भड्काएको र कोरोना विरुद्धको नियम उल्लंघन गरेको लगायतका मुद्दामा दोषी ठहर गरेको थियो । 

गत महिना मात्रै जुन्ता सरकारले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का पूर्व सांसद फ्यो जेया थाउलाई आतंकवाद विरोधी कानुनअन्तर्गत अपराधमा मृत्युदण्ड दिएको थियो । 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार २२:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया