क्रिस्टल प्यालेसविरुद्ध हारबाट जोगियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेसविरुद्ध लिभरपुल बराबरीमा रोकिएको हो । घरेलु मैदानमा दोस्रो हाफको सुरुदेखि १० खेलाडीमा सीमित लिभरपुल क्रिस्टल प्यालेसविरुद्ध १–१ को बराबरी रोकिएको हो ।  

३२ औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए । दोस्रो हाफको ५७ औँ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । 

यही सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाए । १० खेलाडीमा सीमित लिभरपुलका लागि लुइस डियाजले ६१ औँ मिनेटमा बराबरी गोल फर्काए । 

त्यसपछि थप गोल नहुँदा लिभरपुल लगातार दोस्रो खेल बराबरीमा रोकिन पुग्यो । पहिलो खेलमा लिभरपुल फुलहमसँग पनि बराबरीमा रोकिएको थियो । 





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार ६:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया